काठमाडौं। काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित वानओक रेष्टुरेण्ट एण्ड लन्चबारको तेस्रो तलामा तास खेलिरहेका ८ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका-७ बस्ने २८ वर्षीय प्रकाश लामालगायत ८ जना रहेको प्रहरीले बताएको छ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई नगद पाँच लाख १८ हजार रुपैयाँ र २७ थान तास सहित फेला पारी पक्राउ गरेको हो।
पक्राउ परेकाहरूबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
" /> काठमाडौं। काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित वानओक रेष्टुरेण्ट एण्ड लन्चबारको तेस्रो तलामा तास खेलिरहेका ८ जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका-७ बस्ने २८ वर्षीय प्रकाश लामालगायत ८ जना रहेको प्रहरीले बताएको छ।

">