बाजुरामा कठ्याङ्ग्रिएर एकजनाको मृत्यु
<p>बाजुरा। बाजुरा जिल्लाको बडिमालिका नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर एकजनाको मृत्यु भएको छ।</p>
<p>मृत्यु हुनेमा सोही नगरपालिका-९, मार्तडीका ३७ वर्षीय लालबहादुर विक रहेको प्रहरीले जनाएको छ। </p>
<p>विकलाई घरको भुइँतलामा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिए।</p>
<p>आफ्नै लापरबाहीका कारण उनको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको उनको भनाइ छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
