ट्रयाक्टर दुर्घटनामा एकजनाको मृत्यु
<p style="text-align: justify;">सिरहा। सिरहाको सिरहा नगरपालिका-१८ मा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">मृत्यु हुनेमा सिरहा नगरपालिका-२ का २६ वर्षीय सुरजकुमार यादव रहेका छन्। </p>
<p style="text-align: justify;">दुर्घटनामा गम्भीर घाइते भएका उनलाई जिल्ला अस्पताल सिरहाबाट थप उपचारको लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।</p>
<p style="text-align: justify;">ना ७ त २६५७ नम्बर ट्रयाक्टर गएराति ९ बजे अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।</p>