काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको तुलसीपुरस्थित मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत नरेश कुमार खड्कासहित ४ जना विरुद्ध आज भ्रष्टाचार मुद्दा दायर गरेको छ।
उनीहरूले सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। दायर मुद्दामा उनीहरूलाई जनही ३ लाख २० हजार रूपैयाँ बिगो दाबी गरिएको छ।
अख्तियारले खड्कासहित मुद्दा दायर गरेका अन्यमा मालपोत कार्यालय तुलसीपुर दाङका नासु पुष्पराज गिरी, मुद्दा फाँटका नासु केशवराज अधिकारी र कार्यालय सहयोगी मिनराज गैरे रहेका छन्।
गिरी र गैरेले सेवाग्राहीले सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराई दिने प्रयोजनको लागि घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले उनीहरूमाथि अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानका क्रममा केही दिन अघि बुटवलस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले गिरी र गैरेलाई सेवाग्राहीबाट ३ लाख २० हजार रूपैयाँ घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको सिलसिलामा प्रमुख मालपोत अधिकृत खड्का, मुद्दा फाँटका नासु अधिकारी, मोठ फाँटका नासु गिरी र कार्यालय सहयोगी गैरेले मिलेमतो गरी सेवाग्राहीसँग घुस लिएको खुलेको थियो।
" /> काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको तुलसीपुरस्थित मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत नरेश कुमार खड्कासहित ४ जना विरुद्ध आज भ्रष्टाचार मुद्दा दायर गरेको छ।उनीहरूले सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। दायर मुद्दामा उनीहरूलाई जनही ३ लाख २० हजार रूपैयाँ बिगो दाबी गरिएको छ।

">