काठमाडौँ। फ्रान्सका राष्ट्रपति इम्यानुएर म्याक्रोको कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको छ। फ्रान्सेली राष्ट्रपति भवन एलिजे प्यालेसले बिहीबार विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो।
४२ वर्षीय म्याक्रोमा कोरोनाको लक्षण देखिएको थियो, त्यसपछि परीक्षण गराउँदा पोजिटिभ पुष्टि भएको हो। उनी अहिले घरबाटै राज्यको कामकाज सम्हालिरहेका छन्।
एलिजे प्यालेस विज्ञप्तिमा भनेको छ, “राष्ट्रपति आज कोरोना पोजिटिभ देखिएका छन्। उनमा सुरुआती लक्षण देखिएपछि आरटी पीसीआर परीक्षण गरिएको थियो।”
उनी कोरोनाको चपेटामा कसरी परे भन्ने कुरो अझै पत्ता लागेको छैन। यसबीच उनीसँग सम्पर्कमा आएका व्यक्तिको पहिचान गरेर सूचित गर्ने कोसिस गरिएको छ।
फ्रान्सका प्रधानमन्त्री ज्याँ क्यास्टेक्सले पनि स्वयम्लाई आइसोलेट गरेका छन्। प्रधानमन्त्रीले बिहीबार सिनेटमा फ्रान्समा भ्याक्सिन लगाउने नीतिका बारेमा बताउने भएका थिए, तर उनी आइसोलेट भएपछि यो काम स्वास्थ्यमन्त्री ओलिभिय भेरोँले गर्ने भएका छन्। विज्ञप्तिमा म्याक्रोकी पत्नी ब्रिजेट म्याक्रोलाई कोरोनाले पक्रेको छ कि छैन भन्ने उल्लेख छैन।
म्याक्रोअघि बेलायती प्रधानमन्त्री बोरिस जोनसन, ब्राजिली राष्ट्रपति जायर बोलसोनारो तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि कोरोना पोजिटिभ भइसकेका छन्। फ्रान्समा कोरोनाको बढ्दो संक्रमणका कारण यो साता रातिको समयमा कफर््यु लगाएको छ।
जोन हप्किन्स युनिभर्सिटीको आँकडाअनुसार फ्रान्समा कोरोना संक्रमणका कारण ५९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। फ्रान्स कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित हुने युरोपियन देशमध्ये एक हो।
" /> काठमाडौँ। फ्रान्सका राष्ट्रपति इम्यानुएर म्याक्रोको कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको छ। फ्रान्सेली राष्ट्रपति भवन एलिजे प्यालेसले बिहीबार विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो।४२ वर्षीय म्याक्रोमा कोरोनाको लक्षण देखिएको थियो, त्यसपछि परीक्षण गराउँदा पोजिटिभ पुष्टि भएको हो। उनी अहिले घरबाटै राज्यको कामकाज सम्हालिरहेका छन्।

">