काठमाडौं। बाजुराको बूढीनन्दा नगरपालिका-७ समालगाउँमा एक जना भरुवा बन्दुकसहित पक्राउ परेका छन्। ४५ वर्षीय सुरवीर कडारा एक थान एकनाले भरुवा बन्दुक सहित बुधबार साँझ पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय बूढीनन्दा कोल्टीबाट खटिएको प्रहरीले अवैध रूपमा लुकाएर राखेको अवस्थामा उक्त भरुवा बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो।
यस्तै, अछामको मंगलसेन नगरपालिका–६ ठुलासैनस्थित मध्यपहाडी लोकमार्गको दक्षिणतर्फको जङ्गलमा लुकाएर राखेको अवस्थामा दुई नाल बेवारिसे भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।
अस्थायी प्रहरी पोष्ट ठुलासैनबाट खटिएको गस्ती प्रहरी टोलीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो।
" /> काठमाडौं। बाजुराको बूढीनन्दा नगरपालिका-७ समालगाउँमा एक जना भरुवा बन्दुकसहित पक्राउ परेका छन्। ४५ वर्षीय सुरवीर कडारा एक थान एकनाले भरुवा बन्दुक सहित बुधबार साँझ पक्राउ परेका हुन्।इलाका प्रहरी कार्यालय बूढीनन्दा कोल्टीबाट खटिएको प्रहरीले अवैध रूपमा लुकाएर राखेको अवस्थामा उक्त भरुवा बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो।

">