श्रीमतीलाई कुटपिट गर्दा लागुऔषध फेला, श्रीमान् पक्राउ

काठमाडौं। बाँकेको कोहलपुर नगरपालिका-११ बाट एक जनालाई प्रहरीले लागुऔषध चरेससहित पक्राउ गरेको छ।

डेरा गरी बस्ने मुगुको खत्याड गाउँपालिका-९ घर भएका २२ वर्षीय उमाकान्त कार्कीलाई एक किलो ९०० ग्राम चरेससहित प्रहरीले मंगलबार राति पक्राउ गरेको हो।

उमाकान्तले श्रीमतीलाई कुटपिट गरेको घटनापछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी उनीहरूको डेरा पुगेको थियो।

सोधपुछको क्रममा चरेस खाएर कुटपिट गरेको खुलेपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीविरुद्ध लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान थालेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्