काठमाडौँ। अदालतबाट दोषी ठहरिएर फरार भएका २२ जना प्रतिवादीहरूलाई झापा प्रहरीले मंसिरमा पक्राउ गर्न सफल भएको छ।
पक्राउ पर्नेमा अदालतले एक हजार रूपैयाँदेखि नौं लाख रूपैयाँसम्म जरिवाना र चार दिनदेखि दुई वर्ष ६ महिनासम्म कैद सजाय तोकेका प्रतिवादीहरू रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाले पक्राउ परेकामध्ये समान चार-चार जना सवारी ज्यान मुद्दा र लागुऔषध मुद्दाका छन्।
चोरी र अवैध लकडी ओसारपसारका पनि समान तीन-तीनजना छन्। डीएसपी थापाका अनुसार बैंकिङ कसूर र बहुविवाह दुई-दुई र सरकारी छाप दस्तखत कीर्ते, चेक अनाद, ठगी र साइकल चोरीका एक-एक जना फत्राउ परेका छन्।
उनीहरू सबैलाई जिल्ला अदालतको आदेशपछि फैसला कार्यान्वयनका लागि प्रहरीले कारागार कार्यालय चन्द्रगढी पठाएको छ।
" /> काठमाडौँ। अदालतबाट दोषी ठहरिएर फरार भएका २२ जना प्रतिवादीहरूलाई झापा प्रहरीले मंसिरमा पक्राउ गर्न सफल भएको छ।पक्राउ पर्नेमा अदालतले एक हजार रूपैयाँदेखि नौं लाख रूपैयाँसम्म जरिवाना र चार दिनदेखि दुई वर्ष ६ महिनासम्म कैद सजाय तोकेका प्रतिवादीहरू रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाले पक्राउ परेकामध्ये समान चार-चार जना सवारी ज्यान मुद्दा र लागुऔषध मुद्दाका छन्।

">