काठमाडौं। खोटाङको साकेला गाउँपालिका-१ सेखुवाको खलेबारी जंगलबाट एक थान एकनाले भरूवा बन्दुकसहित एक जना युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा २२ वर्षीय केबी तामाङ रहेका छन्। उनी सोलुखुम्बुको सोताङ गाउँपालिका-४ घोदरेका हुन्।
उनको साथबाट प्रहरीले पेस्तोलमा लाग्ने सात राउण्ड गोली, लामो हतियारमा लाग्ने ६६ राउण्ड गोली, भरूवा बन्दुकमा लाग्ने केही छर्रा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङ र सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हलेसीबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त जंगल सर्च गर्ने क्रममा तीन जना व्यक्ति जंगलतर्फ भाग्दै गरेको अवस्थामा तामाङ पक्राउ परेका हुन्।
टोलीले जंगलमा फेरि सर्च गर्ने क्रममा बेडसमेतको दुईवटा टेन्ट, विभिन्न कम्पनीका १७ थान मोबाइल, आठ थान चार्जर, १७ थान सिमकार्ड, ११ थान सहयोग रसिदलगायतका विभिन्न सरसामान फेला पारी बरामद गरेको छ।
प्रहरीले उनीहरू प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ निकट रहेको अनुमान गरेको छ।
" /> काठमाडौं। खोटाङको साकेला गाउँपालिका-१ सेखुवाको खलेबारी जंगलबाट एक थान एकनाले भरूवा बन्दुकसहित एक जना युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा २२ वर्षीय केबी तामाङ रहेका छन्। उनी सोलुखुम्बुको सोताङ गाउँपालिका-४ घोदरेका हुन्।

">