बूढानीलकण्ठबाट ७ जना जुवाडे पक्राउ

काठमाडौं। बूढानीलकण्ठ नगरपालिका-९ न्युकोलोनी बस्ने मिरा राईको घरमा तास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले मंगलबार राति पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-४ धुम्बाराही बस्ने ६८ वर्षीय राम बन्जारालगायत रहेको प्रहरीले जनाएको छ।

उक्त स्थानमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ५५ हजार ४३० रूपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्