चितवन। बिनाइजाजत करिब २१ लाख १० हजार ५ सय ३२ रुपैयाँ मूल्य बराबरको विभिन्न किसिमका औषधि ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।
उनीहरुलाई माडी नगरपालिका-९ स्थित सोमेश्वरबाट मंगलबार प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा कालिका नगरपालिका-४ बस्ने २८ वर्षीय राज कुमार महत्तो, माडी नगरपालिका-३ बघौडा बस्ने २२ वर्षीय बालकृष्ण महत्तो, सोही ठाउँ बस्ने २२ वर्षीय मिलन महत्तो, कालिका नगरपालिका-३ बस्ने ३१ वर्षीय हरिशरण चौधरी रहेका छन्।
यस्तै मकवानपुर गढी गाउँपालिका-८ बस्ने २५ वर्षीय सुरज गौतम, सोही गाउँपालिका-३ बस्ने २३ वर्षीय प्रकाश दाहाल, मकवानपुर हेटौंडा उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय उज्वल पोख्रेल र सोही उपमहानगरपालिका-२३ बस्ने २३ वर्षीय बिपिन सापकोटा पनि पक्राउ परेका छन्।
ठोरीबाट माडीतर्फ आउँदै गरेको ना.४ ख ४४२५ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय माडी चितवनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसको डिकीमा बिभिन्न किसिमको औषधि फेला परेको थियो।
थप अनुसन्धानको क्रममा बालकृष्ण र मिलनको घरबाट लुकाई राखेको विभिन्न किसिमका औषधि फेला पारी औषधि ओसारपसारमा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
साथै माडी नगरपालिका-९ बगही खोलाको किनारको झाडीमा बेवारिसे अवस्थामा रहेका करिब ९ लाख ९५ हजार १ सय रुपैयाँ मूल्य बराबरका विभिन्न किसिमका औषधिहरू समेत ईलाका प्रहरी कार्यालय माडी चितवनबाट खटिएको प्रहरीले बुधबार बिहान फेला पारी बरामद गरेको छ।
पक्राउ परेकाहरूलाई बरामद औषधिसहित थप अनुसन्धान तथा कारवाहीको लागि औषधि व्यवस्था विभागमा पठाइने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
" /> चितवन। बिनाइजाजत करिब २१ लाख १० हजार ५ सय ३२ रुपैयाँ मूल्य बराबरको विभिन्न किसिमका औषधि ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।उनीहरुलाई माडी नगरपालिका-९ स्थित सोमेश्वरबाट मंगलबार प्रहरीले पक्राउ गरेको हो।

">