काठमाडौं। गोरखाको भीमसेन थापा गाउँपालिका-३, तान्द्राङमा आज बिहान बस दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन्। 

काठमाडाैंबाट गोरखाको सोतीतर्फ जाँदै गरेको ग १ ख ९४ ४६ नम्बरको बस आज बिहान साढे ४ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो। 

दुर्घटनामा गम्भीर घाइते हुनेमा बसमा सवार गोरखाको धार्चे गाउँपालिका-६ का ५० वर्षीय सुरमान घले, भीमसेनथापा गाउँपालिका-३ का २९ वर्षीय उत्तम पुडासैनी, ३० वर्षीय मनोज पुडासैनी, २९ वर्षीय उज्वल पुडासैनी र धार्चे गाउँपालिकाकै केरौजा बस्ने ३२ वर्षीया कान्छी गुरुङ रहेका हुन्।

जिल्ला अस्पताल गोरखामा घाइते सबैजनाको उपचार भइरहेको छ। बस चालक सम्पर्कविहीन रहेकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

" /> काठमाडौं। गोरखाको भीमसेन थापा गाउँपालिका-३, तान्द्राङमा आज बिहान बस दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन्। 

काठमाडाैंबाट गोरखाको सोतीतर्फ जाँदै गरेको ग १ ख ९४ ४६ नम्बरको बस आज बिहान साढे ४ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो। 

दुर्घटनामा गम्भीर घाइते हुनेमा बसमा सवार गोरखाको धार्चे गाउँपालिका-६ का ५० वर्षीय सुरमान घले, भीमसेनथापा गाउँपालिका-३ का २९ वर्षीय उत्तम पुडासैनी, ३० वर्षीय मनोज पुडासैनी, २९ वर्षीय उज्वल पुडासैनी र धार्चे गाउँपालिकाकै केरौजा बस्ने ३२ वर्षीया कान्छी गुरुङ रहेका हुन्।

जिल्ला अस्पताल गोरखामा घाइते सबैजनाको उपचार भइरहेको छ। बस चालक सम्पर्कविहीन रहेकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

"> गोरखामा बस दुर्घटना, पाँचजना गम्भीर घाइते : Dekhapadhi
गोरखामा बस दुर्घटना, पाँचजना गम्भीर घाइते  <p style="text-align: justify;">काठमाडौं।&nbsp;गोरखाको भीमसेन थापा गाउँपालिका-३, तान्द्राङमा आज बिहान बस दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">काठमाडाैंबाट गोरखाको सोतीतर्फ जाँदै गरेको ग १ ख ९४ ४६ नम्बरको बस आज बिहान साढे ४ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो।&nbsp;</p> <p style="text-align: justify;">दुर्घटनामा गम्भीर घाइते हुनेमा बसमा सवार गोरखाको धार्चे गाउँपालिका-६ का ५० वर्षीय सुरमान घले, भीमसेनथापा गाउँपालिका-३ का २९ वर्षीय उत्तम पुडासैनी, ३० वर्षीय मनोज पुडासैनी, २९ वर्षीय उज्वल पुडासैनी र धार्चे गाउँपालिकाकै केरौजा बस्ने ३२ वर्षीया कान्छी गुरुङ रहेका हुन्।</p> <p style="text-align: justify;">जिल्ला अस्पताल गोरखामा घाइते सबैजनाको उपचार भइरहेको छ। बस चालक सम्पर्कविहीन रहेकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्