उदयपुर। उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-१४ स्थित धाप्लाङटारमा सञ्चालनमा रहेको कञ्चनजंगा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको आशंकामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा जिल्लाको चौदण्डीगढी नगरपालिका–८ का २३ वर्षीय एम्बी पुलामी मगर, ३२ वर्षीय यम्बरबहादुर मगर र १८ वर्षीय दीपक क्षेत्री छन्।
सोमबार राति धाप्लाङटारस्थित क्रसर उद्योगमा सुतली र सकेट बमसहित दुई बम विस्फोट गराएको आशंकामा तीनजनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको उदयपुरका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी वेदप्रसाद गौतमले बताए।
सोमबार राति ६ जनाको अज्ञात समूहले क्रसर उद्योगमा गएर उद्योगका सुरक्षागार्ड कर्णबहादुर तामाङलाई नियन्त्रणमा लिई बम विस्फोट गराएको प्रहरीले बताएको छ।
बम विस्फोटपछि जिल्ला प्रहरी, इलाका प्रहरी बेल्टार र सशस्त्र प्रहरी बेसक्याम्प बेल्टारको टोलीले स्थानीय क्षेत्र र जंगल आसपास बम विस्फोट गराउनेको व्यापक खोजी गर्ने क्रममा तीनजनालाई पक्राउ गरेको प्रहरीले बताएको छ।
बम विस्फोटबाट क्रसर उद्योगको जेसीभी, मोटरसहित पेट्रोलको ड्रममा क्षति हुँदा १० लाख रूपैयाँ बराबरको क्षति भएको उद्योगका सञ्चालक सुमन्त कोइरालाले बताए। रासस
" /> उदयपुर। उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-१४ स्थित धाप्लाङटारमा सञ्चालनमा रहेको कञ्चनजंगा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको आशंकामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा जिल्लाको चौदण्डीगढी नगरपालिका–८ का २३ वर्षीय एम्बी पुलामी मगर, ३२ वर्षीय यम्बरबहादुर मगर र १८ वर्षीय दीपक क्षेत्री छन्।

">