हेटौँडा। नारायणगढ सडकखण्डको लोथर नजिकै गएराति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका-१९ का ४० वर्षीय हरिशचन्द्र उप्रेती रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।
गए राति १०:३० बजेको समयमा सडकमै रोकिराखेको ना. ८ ख ५३३७ नम्बरको ट्रकमा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको वाग्मती प्रदेश ३०-३०-१ प ५१३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका उप्रेतीको उपचारका लागि चितवनको भरतपुर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
त्यस्तै गएराति नै मकवानपुरको भीमफेदीमा टिपर दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। घाइते हुनेमा हेटौँडा उपमहानगरपालिका–१५ का २३ वर्षीय मिलन मोक्तान, भीमफेदी गाउँपालिका–५ का २१ वर्षीय रमेश भोलन र सोही ठाउँ बस्ने २३ वर्षीय अनुभव मोक्तान रहेको मकवानपुर प्रहरीले जनाएको छ। घाइते तीनै जना मजदुर हुन्।
भीमफेदी गाउँपलिका–६ स्थित रिद्धिसिद्धिको खानीबाट चुनढुङ्गा लोड गरी हेटौँडातर्फ आउँदै गरेको बा. ३ ख ६९२७ नम्बरको टिपर सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना हुँदा घाइते भएका उनीहरुको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी अछामको पञ्चदेवल विनायक नगरपालिका कीर्तिपुरमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार उक्त टुर्घटनामा परी मृत्यु हुनेमा कैलाली जिल्ला बस्ने ३५ वर्षीय टिपर चालक प्रकाश चौधरी रहेका छन्। रासस
" /> हेटौँडा। नारायणगढ सडकखण्डको लोथर नजिकै गएराति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका-१९ का ४० वर्षीय हरिशचन्द्र उप्रेती रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

">