हेटाैंडा। बागमती प्रदेशको मकवानपुरस्थित जिल्ला प्रशासन कार्यालयले विपद् प्रतिकार्य योजना तयार गरेको छ।
जिल्लामा हुन सक्ने सम्भावित विपद्सम्बन्धी घटनाको पूर्वअनुमान गरी सोको बचावट र रोकथामको कार्य गर्ने गरी विपद् प्रतिकार्य योजना तयार गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए।
यसैबीच जिल्ला प्रशासन कार्यालयले तयार गरेको सो योजनालाई जिल्ला विपद् व्यवस्थापन समितिले कार्यान्वयन गर्ने भएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सबै सरोकारवालाहरूको सहकार्यमा प्रतिकार्य योजनालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न योजना अघि बढाएको हो।
यसैगरी मकवानपुरमा विपद् प्रतिकार्यमा गैरसरकारी संस्थाका तर्फबाट भूमिका निर्वाह गर्ने जिम्मेवारी नेपाल रेडक्रस सोसाइटीले पाएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यसअघि प्लान इन्टरनेसनलले निर्वाह गर्दै आएको भूमिका रेडक्रसलाई प्रदान गरेको हो।
मकवानपुर जिल्लाबाट प्लान इन्टरनेसनल बाहिरिने हुनाले उक्त जिम्मेवारी रेडक्रसलाई प्रदान गरिएको हो। प्लान इन्टरनेसनलले मकवानपुरमा रहँदा गैरसरकारी संस्थाका तर्फबाट विपद्मा उद्धारलगायत विभिन्न सहयोग गर्दै आएको थियो। लामो समय मकवानपुरमा काम गरेको प्लान इन्टरनेसनल यसै वर्षदेखि मकवानपुरबाट बाहिरिँदै छ।
यस्तै बैठकले जिल्लाका विभिन्न स्थानमा खोलाले बगाएर मृत्यु भएकाका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ।
गत असोज १२ गतेयता खोलाले बगाएर मृत्यु भएका ६ जनाका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए।
त्यस्तै बैठकले जिल्लास्थित विभिन्न नदी, खोला, खहरेहरूमा वर्षाका बेला आइपर्ने समस्या न्यूनीकरणका लागि त्यस्ता प्रभावित स्थानबाट नदीजन्य पदार्थ निकाल्ने निर्णय गरेको छ।
स्थानीय तहबाट पहिचान भइआएका स्थानहरूमा प्राविधिकसहित स्थलगत निरीक्षण गरी प्रभावित स्थानबाट आवश्यक नदीजन्य पदार्थ निकाल्ने निर्णय गरेको हो।
स्थलगत निरीक्षण गरी रिपोर्ट पेस गर्नेगरी जिससका शाखा अधिकृत भीमलाल महर्जनको नेतृत्वमा जिप्रकाका अधिकृत प्रतिनिधि, डिभिजन वन कार्यालयका प्रतिनिधि, सम्बन्धित स्थानीय तहका प्राविधिक प्रतिनिधि र जिससका प्राविधिक प्रतिनिधिसहितको पाँच सदस्यसमिति समेत गठन गरिएको छ। रासस
" /> हेटाैंडा। बागमती प्रदेशको मकवानपुरस्थित जिल्ला प्रशासन कार्यालयले विपद् प्रतिकार्य योजना तयार गरेको छ।जिल्लामा हुन सक्ने सम्भावित विपद्सम्बन्धी घटनाको पूर्वअनुमान गरी सोको बचावट र रोकथामको कार्य गर्ने गरी विपद् प्रतिकार्य योजना तयार गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए।

">