चितवन। चित्तल मारेर खाँदै गरेका सातजनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ।
निकुञ्जको मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट चित्तल मारेर बस्तीमा लगेर काटेर खाँदै गरेका उनीहरूलाई पक्राउ गरिएको हो।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-२३ बस्ने ४९ वर्षीय शुकबहादुर दरै, ४२ वर्षीय चन्द्रप्रसाद दरै, २८ वर्षीय दीपक दरै, सन्तकुमार दरै, ६० वर्षीय बुद्धिबहादुर दरै, २८ वर्षीया सुकमाया दरै र ५० वर्षीया शान्ति दरै रहेका छन्।
उनीहरूको साथबाट ३० किलो चित्तलको मासु, तीनवटा डेक्ची, एउटा कराही, दुईवटा स्टिलको बाटा, एउटा स्टिलको बाबल, एउटा अचानो, एउटा खुँडा, एक थान मासु सुकाउने जाली र दुईवटा प्लाष्टिकका बोरासमेत बरामद गरिएको अधिकारीले जानकारी दिए।
उनीहरूलाई सोमबार राति ११ बजेको समयमा चित्तल काटेर खाँदै गरेको अवस्थामा निकुञ्ज र सेनाको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो। उनीहरूविरुद्ध आवश्यक कानुनी कारबाही अगाडि बढाइएको निकुञ्जले जनाएको छ। रासस
" /> चितवन। चित्तल मारेर खाँदै गरेका सातजनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ।निकुञ्जको मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट चित्तल मारेर बस्तीमा लगेर काटेर खाँदै गरेका उनीहरूलाई पक्राउ गरिएको हो।

">