काठमाडौँ। मोरङको सुनवर्सी नगरपालिका-२ अमरदह चोकस्थित पारस साहको पारस किराना पसलमा सोमबार राति आगलागी हुँदा करिब १ करोड ५० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
आगलागीबाट घर, नगद २० लाख रूपैयाँ, ५ लाख रूपैयाँ बराबरको रिचार्ज कार्ड, ५ तोला सुन, लत्ताकपडा, अन्नपात र किराना सामान समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमरदह, ७ वटा दमकल, सशस्त्र बेश क्याम्प सौठा, बारुण यन्त्रको टोली र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो।
यस्तै, सर्लाहीको मलगंवा नगरपालिका-१२ गणेशिया बस्ने ४५ वर्षीय मखन प्रसाद यादवको गोठमा सोमबार आगलागी हुँदा ३ लाख ५ हजार रूपैयाँ बराबरको क्षति भएको छ। आगलागी हुँदा गोठघर जलेको छ।
" /> काठमाडौँ। मोरङको सुनवर्सी नगरपालिका-२ अमरदह चोकस्थित पारस साहको पारस किराना पसलमा सोमबार राति आगलागी हुँदा करिब १ करोड ५० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।आगलागीबाट घर, नगद २० लाख रूपैयाँ, ५ लाख रूपैयाँ बराबरको रिचार्ज कार्ड, ५ तोला सुन, लत्ताकपडा, अन्नपात र किराना सामान समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

">