काठमाडौं। पर्यटकीय गन्तव्य बन्दै आएको थाइल्यान्डले कोरोनाका कारण लगाएको प्रतिबन्ध खुकुलो पारेको छ। अब त्यहाँको सरकारले भिसा नीति परिवर्तन गर्दै पर्यटकलाई आफ्नो सीमामा प्रवेश गर्न दिने भएको हो।
थाइल्यान्ड संसारमै सबैभन्दा लोकप्रिय पर्यटन स्थलमध्ये एक हो। पर्यटकहरूको रोजाइमा त्यहाँको बैंकक सहर पर्ने गरेको छ। २०१९ मा त्यहाँ पौने चार करोडभन्दा बढी पर्यटक पुगेका थिए।
थाइल्यान्डको अर्थतन्त्रमा पर्यटन उद्योगको योगदान महत्त्वपूर्ण रहँदै आएको छ। कोरोनाका कारण पर्यटन उद्योगमा पर्न गएको असरले त्यहाँको अर्थतन्त्रमा ठूलो प्रभाव पारेको छ। त्यसैले त्यहाँको सरकारले विशेष पर्यटक भिसा (एसटीभी) लागू गरेको हो।
एसटीभीअन्तर्गत चीन, भियतनाम, अस्ट्रेलियालगायतका कम कोरोना प्रभावित मुलुकका नागरिकले ९० दिनको भिसा पाउने छन्। यसलाई दुई पटकसम्म बढाई नौ महिनासम्मको बनाउन सकिने छ।
थाइल्यान्ड पुगेपछि यात्रीले १४ दिन क्वारेन्टिनमा बस्नु अनिवार्य छ। थाइल्यान्ड प्रवेश गर्नका लागि पीसीआर गर्नुपर्ने छ र पर्यटक भिसाका निम्ति आवदेन दिनुपर्ने छ। ७२ घण्टाभित्रको कोरोना नेगेटिभ रिपार्ट पेश गर्नुपर्ने छ।
यसका अतिरिक्त यात्रीले चिकित्सा बीमाको प्रमाण पनि देखाउनु पर्ने छ। थाइल्यान्ड पुगेपछि कोरोना पोजिटिभ रिपोर्ट आएका खण्डमा अस्पतालमा कम्तीमा १४ दिन बस्नुपर्ने छ। (एजेन्सी)
" /> काठमाडौं। पर्यटकीय गन्तव्य बन्दै आएको थाइल्यान्डले कोरोनाका कारण लगाएको प्रतिबन्ध खुकुलो पारेको छ। अब त्यहाँको सरकारले भिसा नीति परिवर्तन गर्दै पर्यटकलाई आफ्नो सीमामा प्रवेश गर्न दिने भएको हो।थाइल्यान्ड संसारमै सबैभन्दा लोकप्रिय पर्यटन स्थलमध्ये एक हो। पर्यटकहरूको रोजाइमा त्यहाँको बैंकक सहर पर्ने गरेको छ। २०१९ मा त्यहाँ पौने चार करोडभन्दा बढी पर्यटक पुगेका थिए।

">