काठमाडाैं। काठमाडौंको चन्द्रागिरिमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
चन्द्रागिरि नगरपालिका-२ स्थित सडकमा ना २ क ३२३ नम्बरको निसान गाडी आज बिहान अनियन्त्रित हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका-१ घर भएका २३ वर्षीय मनिष कार्की र सिन्धुली मरिनखोला गाउँपालिका-७ का २४ वर्षीय मानकुमार माझी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
गाडी सडकदेखि २५० मिटर तल खसेको थियो। गाडीका चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस
" /> काठमाडाैं। काठमाडौंको चन्द्रागिरिमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।चन्द्रागिरि नगरपालिका-२ स्थित सडकमा ना २ क ३२३ नम्बरको निसान गाडी आज बिहान अनियन्त्रित हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

">