झापा। प्रहरीले बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी कमल गाउँपालिका–५ घर भएका ३० वर्षीय सुजन देवानलाई उनकै घरबाट आइतबार पक्राउ गरेको छ।
उच्च अदालत पाटनले २०७६ फागुन २० गते उनलाई ९ लाख ५० हजार रुपैयाँ जरिवाना र ४ दिन कैद सजाय सुनाएको थियो।
यसैगरी वहुविवाह मुद्दाका फरार प्रतिवादी ईलाम चुलाचुली गाउँपालिका–४ घर भएका ३० वर्षीय बीर बहादुर लिम्बुलाई उनकै घरबाट आइतबार प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत झापा भद्रपुरले २०७५ जेठ १३ गते उनलाई ५ हजार रुपैयाँ जरिवाना र १ वर्ष कैद सजाय ठहर गरेको थियो।
उनीहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
" /> झापा। प्रहरीले बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी कमल गाउँपालिका–५ घर भएका ३० वर्षीय सुजन देवानलाई उनकै घरबाट आइतबार पक्राउ गरेको छ।उच्च अदालत पाटनले २०७६ फागुन २० गते उनलाई ९ लाख ५० हजार रुपैयाँ जरिवाना र ४ दिन कैद सजाय सुनाएको थियो।

">