काठमाडौँ। काठमाडौं, पाँचथर, मोरङ र रामेछापका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ मा ना.२ क ३२३ नम्बरको निसान गाडी अनियन्त्रित भई सडकदेखि करिब २५० मिटर तल खस्दा गाडीमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ।
सोमबार बिहान दुर्घटना हुँदा मृत्यु हुनेमा गाडीमा सवार सिन्धुली कमलामाई नगरपालिका–१ घर भएका २३ वर्षीय मनिष कार्की र सिन्धुली मरिनखोला गाउँपालिका-७ घर भएका २४ वर्षीय मान कुमार माझी रहेका छन्।
फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ।
पाँचथरको फिदिम नगरपालिका-१ बतासे खोल्सीस्थित सडकमा मे.१ त ४१८५ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यृ भएको छ।
ट्याक्टर सडकबाट करिब १ सय मिटर तल खसेको थियो। सोमबार बिहान दुर्घटना हुँदा ट्याक्टर चालक सुनसरी झुम्का बस्ने २६ वर्षीय सन्तोष लम्जेलको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएको उनको जिल्ला अस्पताल फिदिममा उपचारको क्रममा मृत्यु भएको हो।
मोरङको बिराटनगर महागनगरपालिका–४ अमाहि ईकराहीस्थित सडकमा अन टेष्ट लेखिएको ट्याक्टर सडकबाट करिब १० फिट तल खस्दा चालकको मृत्यु भएको छ।
आइतबार राति भएको दुर्घटनामा मृत्यु हुनेमा चालक सुनसरी बर्जु गाउँपालिका–६ चिमडी बस्ने ५५ वर्षीय आशाराम चौधरी रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
रामेछापको सुनापति गाउँपालिका–१ बोजिनीमा बा.२० च ८७४७ नम्बरको बोलेरो ब्रेक फेल भई सडकबाट ३ फिट तल खस्दा एक जनाको मृत्यु भएको छ।
आइतबार बिहान भएको उक्त दुर्घटनामा सोही गाउँपालिका–१ बस्ने २७ वर्षीया अप्सरा मल्ल ठकुरीको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र गुन्सिमा सामान्य उपचारपश्चात् थप उपचारको क्रममा धुलीखेल अस्पतालमा मृत्यु भएको हो।