१३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा ७० वर्षीय बृद्ध पक्राउ
<p>काठमाडौं। १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नुवाकोटको बेलकोटगढी नगरपालिकाका एक ७० वर्षे बृद्ध पक्राउ परेका छन्।</p>
<p>बेलकोटगढी नगरपालिका-४ डाँडाखर्क बस्ने ७० वर्षीय केदारबहादुर बाँस्कोटालाई आइतबार दिउँसो प्रहरीले बलात्कार अभियोगमा पक्राउ गरेको जनाएको छ। </p>
<p>बाँस्कोटाले एक बालिकालाई बुधबार दिउँसो बलात्कार गरेको खबर प्राप्त भएपछि प्रहरी चौकी झिल्टुङ तिन पिप्लेबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ।<br />
</p>
प्रतिक्रिया दिनुहोस्
