काठमाडौं। सुशीला खड्का (५१) खाना तयार गरेर बस्दै थिइन्। रात परिसकेको थियो। उनको पर्खाइ २३ वर्षीय भदै तोरणबहादुर खड्काको लागि थियो। जो बजार गएका थिए।
प्रसङ्ग शनिबार (हिजो) को हो। उनीहरूको बसाइ कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटास्थित मकुल मियाँको घरमा छ।
शनिबार राति अबेर मात्रै तोरण कोठामा पुगे। जहाँ भदै आउला र खाना खाउँला भनेर बसेकी थिइन् फूपू सुशीला। तोरणले खसीको मासुको झोल लगेका थिए।
तोरणबले सुशीलालाई मासुको झोल भएको भाँडा दिए। लगत्तै तोरणले एक माना रक्सी ल्याउँछु भने। त्यसका लागि ५० रूपैयाँ मागे।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रवक्ता प्रेमप्रसाद रेग्मीका अनुसार भदैले मागेको ५० रूपैयाँ दिन सुशीलाले अस्वीकार गरिन्।
पर्खिंदा-पर्खिंदा दिक्क बनेकी सुशीलाले, “पर्दैन, यति रातिउँधि कहाँदेखि रक्सी ल्याउँछस्?’’ भनिन्। सोही क्रममा ‘यस्तो टुहुरा’ भन्ने शब्द प्रयोगसमेत गरिन्।
त्यसपछि रिसाएका तोरणले सुशीलालाई धकेले। सुशीला लड्न पुगिन्। लडेकै ठाउँबाट हान्न इँट्टा उठाइन्। तर, इँट्टा तोरणले खोसे सुशीलामाथि प्रहार गरे र घाइते बनाए।
आज (आइतबार) बिहान हत्या घटनाको विस्तृत अनुसन्धानका लागि बाँकेको कोहलपुरबाट तालिम प्राप्त ‘जम्बो’ नामक कुकुर प्रहरीले झिकाएको कपिलवस्तुका प्रहरी प्रवक्ता रेग्मीले बताए। सोही जम्बोले अन्ततः सुशीलाको हत्यामा संलग्नको पहिचान गर्न सघायो।
त्यतिले नभएर तोरणले नजिकै रहेको सिलौटाले टाउकोमा पटक-पटक प्रहार गरे।
अन्ततः सुशीलाको घटनास्थलमै मृत्यु भयो। घटनापछि अनुसन्धानका लागि प्रहरी कार्यालय चन्द्रौटाबाट प्रहरी टोली खटियो। जहाँ अनुसन्धान टोलीले तोरणलाई शंकाको घेरामा राखे। किनभने, उनको खुट्टा र हातमा रगत देखिएको थियो।

जम्बोले पहिचान गरेका व्यक्ति उनै तोरण थिए। र, प्रहरीले उनलाई पक्राउ गर्यो।
“तोरण जता-जता हिँड्छ, उताउतै गएर जम्बोले फलो गर्यो,” प्रहरी प्रवक्ता रेग्मीले भने, “जम्बोले फलो गरेर हत्यामा संलग्नको पहिचान गरेपछि हामीले पक्राउ गर्यौं।”
उनकाअनुसार तोरणले हत्या आरोप स्वीकारेका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा तोरण फूपु सुशीलासँग तीन वर्षदेखि बस्दै आएको खुलेको छ।
तोरणका बुबा र आमाको मृत्यु भइसकेको छ। बुबाआमा नभएपछि अनाथ भएका उनलाई सुशीलाले पालनपोषण गर्दै आएको तोरणले बताएको प्रहरी प्रवक्ता रेग्मीले बताए।
यसरी जसले अनाथ भनेर पालनपोषण गरिन्, उनकै हत्या भयो। प्रहरीले मृतक सुशीलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवामा पठाएको छ।
हत्यामा संलग्न तोरण भने वडा प्रहरी कार्यालय चन्द्रौटाको हिरासतमा छन्।
प्रहरीले आजै जिल्ला अदालत कपिलवस्तुमा कर्तव्य ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी विस्तृत अनुसन्धानका लागि पाँच दिनको म्याद थप अनुमति लिएको छ।
" /> काठमाडौं। सुशीला खड्का (५१) खाना तयार गरेर बस्दै थिइन्। रात परिसकेको थियो। उनको पर्खाइ २३ वर्षीय भदै तोरणबहादुर खड्काको लागि थियो। जो बजार गएका थिए।प्रसङ्ग शनिबार (हिजो) को हो। उनीहरूको बसाइ कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटास्थित मकुल मियाँको घरमा छ।

">