काठमाडौं। कपिलवस्तुको शिवराजन गाउँपालिका-५ को चन्द्रौटामा एक महिलाको भतिजोबाटै हत्या भएको छ।
शनिबार मध्यरातमा ५५ वर्षीया सुशीला खड्काको सिलौटो प्रहारबाट हत्या भएको हो।
हत्याको अनुसन्धान गर्ने क्रममा भतिजो २३ वर्षीय तोरणबहादुर खड्काले सामान्य विवादको क्रममा सिलौटाले प्रहार गरी हत्या गरेको खुलेको जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीले बताए।
मृतक सुशीलाको टाउकोमा गहिरो चोट देखिएको थियो। उनको शव मकुल मियाँको घरको आंगनमा भेटिएको थियो।
प्रवक्ता रेग्मीका अनुसार सुशीला सोही घरमा उनी १५ वर्षदेखि डेरा गरी बस्दै आएकी थिइन्।
उनको घर दाङको सतबरिया रहेको जनाइएको छ।
" /> काठमाडौं। कपिलवस्तुको शिवराजन गाउँपालिका-५ को चन्द्रौटामा एक महिलाको भतिजोबाटै हत्या भएको छ।शनिबार मध्यरातमा ५५ वर्षीया सुशीला खड्काको सिलौटो प्रहारबाट हत्या भएको हो।

">