काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाइदिने भन्दै अवैधानिक रूपमा पाँच जनालाई दक्षिण अफ्रिका पुर्याउनेमध्येका थप एक जना पक्राउ परेकी छिन्।
मानव बेचविखन तथा अनुसन्धान ब्यूरोले ५० वर्षीया अनिता सुनुवारलाई आज (आइतबार) काठमाडौं महानगरपालिका–७ चाबहिलबाट पक्राउ गरेको हो। उनले आफूलाई ‘अनिता तामाङ’भन्ने गरेको पनि खुलेको छ।
उनी सिन्धुपाल्चोकको तत्कालीन सिन्धुकोट गाविस वडा नम्बर २ की हुन्।
अनिताको समूहमा रहेका ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर–४ घर भएका ४३ वर्षीय गणेशकुमार लोवा मङ्सिरको १६ गते नै पक्राउ परिसकेका छन्।
उनी काठमाडौंको महाराजगञ्जस्थित पानीपोखरीबाट पक्राउ परेका थिए।
उनीहरूमाथि २०७३ चैत ३ गते वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाइदिने प्रलोभनमा पारी गैरकानुनी तवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत, खाडीका दुबई–कतार–मोजाम्बिक हुँदै दक्षिण अफ्रिका पुर्याएर पाँच जनालाई बिक्री गरेको आरोप छ।
जहाँ बेचिएकाहरूले चार/पाँच महिनासम्म बन्धक बनाएर शारीरिक, मानसिक र आर्थिक रूपमा शोषित हुनु परेको ब्यूरोमा उजुरीमार्फत उल्लेख गरेको ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक अरूण द्विवेदीले बताए।
उनका अनुसार पीडितहरू कोही नभएको मौका पारी भागेर नेपाली राजदूतावासमा पुगेका थिए। दूवातासले उनीहरूका आफन्तसँग सम्पर्क गरेर नेपाल फर्काइदिएको थियो।
आरोपी लोवा र सुनुवारविरूद्ध ब्यूरोले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार मुद्दा दर्ता गरेर अनुसन्धान थालेको छ।
" /> काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाइदिने भन्दै अवैधानिक रूपमा पाँच जनालाई दक्षिण अफ्रिका पुर्याउनेमध्येका थप एक जना पक्राउ परेकी छिन्।मानव बेचविखन तथा अनुसन्धान ब्यूरोले ५० वर्षीया अनिता सुनुवारलाई आज (आइतबार) काठमाडौं महानगरपालिका–७ चाबहिलबाट पक्राउ गरेको हो। उनले आफूलाई ‘अनिता तामाङ’भन्ने गरेको पनि खुलेको छ।

">