कास्की र सिरहामा तीन जना मृत फेला

काठमाडौं। सिरहा र कास्कीमा शनिबार तीन जना पुरुष मृत अवस्थामा फेला परेका छन्।

प्रहरीले जनाएअनुसार सिरहाको कर्जन्हा नगरपालिकास्थित बहेरबनी गाउँ नजिक एक ५० वर्षे पुरुष तथा कास्कीको मादी गाउँपालिकास्थित खुसको डाँडाको जंगलमा अन्दाजी ५५ वर्षे एक पुरुषको मृत शरिर फेला परेको थियो।

कर्जन्हा नगरपालिका–१ बहेरबनी गाँउ नजिक तारकेश्वर मन्दिरसँगैको टहरामा बस्ने अन्दाजी ५० वर्षीय पुरुष मृत फेला परेका थिए।

यसैगरी कास्कीको मादी गाउँपालिका–३ खुसको डाँडाको जंगलमा अन्दाजी ५५ वर्षीय पुरुष र कास्कीकै रुपा गाउँपालिका–७ पिप्लेस्थित मादी खोलाको किनारमा अन्दाजी ३० वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले मृत फेला परेका तीनैजनाको विस्तृत परिचय खुलाएको छैन। उनीहरुको पहिचान तथा मृत्युको कारणवारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्