सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं। देशको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका-८ कमलापुलमा ट्रकको ठक्करबाट साइकलयात्री सिरहाको कर्जन्हा नगरपालिका- बन्दीपुरका ५५ वर्षीय नथुनी विकको मृत्यु भएको छ।

शनिबार दिँउसो ना. ५ ख ४७४९ नम्बरको ट्रकको ठक्करबाट उनी गम्भीर घाइते भएकी उनको फूलकुमारी मेमोरियल अस्पताल कर्जनामा उपचारको क्रममा मृत्यु भएको थियो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शनिबारै दिउँसो बझाङको तलकोट गाउँपालिका-चिरकिट्टेमा टिपर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा बा.३ क ६०० नम्बरको टिपरमा सवार कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ का २१ वर्षीय मनोज भट्ट र अर्का एक जनाको मृत्यु भएको हो।

दुर्घटना गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

यस्तै, गोरखाको सिरानचोक गाउँपालिका-२ थालाजुङमास्थित नयाँ गाउँमा बसको ढोकाबाट खसेर सोही गाउँपालिका सिरिचौर बस्ने ४८ वर्षीय बुद्धिबहादुर रम्तेलको शनिबार साँझ मृत्यु भएको छ।

बसबाट खसेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भच्चेकमा उपचारको क्रममा मृत्यु भएको थियो। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्