छिमेकीलाई ताकेर बन्दुक पड्काउँदा बालिका घाइते
<p>काठमाडौं । सिन्धुलीमा एक युवाले छिमेकीलाई ताकेर भरुवा बन्दुक पड्काउँदा एक बालिका घाइते भएकी छिन्।</p>
<p>आर्थिक लेनदेनको विषयमा गलफत्ति हुँदा कमलामाई नगरपालिका-८ भुवनचोकका २२ वर्षे गगनबहादुर वाइबाले छिमेकी पञ्चबहादुर तामाङलाई ताकेर बन्दुक पडकाएका थिए। बन्दुक पड्काउँदा गोली लागेर तामाङकी छोरी घाइते भएकी छिन्। घाइते बालिकाको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। </p>
<p>तामाङले वाइबालाई तिर्नुपर्ने ८०० रुपैयाँ दिने क्रममा फिर्ता पैसाको विषयमा विवाद भएको थियो। प्रहरीका अनुसार तामाङले वाइबालाई ८०० रुपैयाँ तिर्नुपर्ने थियो। तर उनले १ हजारको नोट दिएर २०० रुपैयाँ फिर्ता मागे। त्यही विषयमा विवाद भयो र वाइबाले बन्दुक पडकाउँदा घटना भयो।<br />
बन्दुक पड्काउने वाइबालाई शनिबारै बेलुकी इलाका प्रहरी कार्यालय भिमानको टोलीले पक्राउ गरि हातहतियार खरखजाना र ज्यान मार्ने उद्योगसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जनाएको छ। </p>
प्रतिक्रिया दिनुहोस्
