काठमाडौं। रौतहटको राजदेवी नगरपालिका-८ लक्ष्मीपुर गाउँबाट एक थान कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ परेका छन्।
हिजोसाँझ प्रहरीले २१ वर्षीय नितेशकुमार पटेललाई पक्राउ गरेको हो। उनी भारतको सीतामडी जिल्ला बरौनिया थाना मुसहरस्थित मुसहर चोकका हुन्।
प्रहरी चौकी बेलबिछुवा र सशस्त्र प्रहरी बल नेपाल बिओपी बेलबिछुवाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
चेकजाँच गर्ने क्रममा पटेलको साथबाट पेस्तोल बरामद गरिएको थियो। प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान थालेको छ।
" /> काठमाडौं। रौतहटको राजदेवी नगरपालिका-८ लक्ष्मीपुर गाउँबाट एक थान कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ परेका छन्।हिजोसाँझ प्रहरीले २१ वर्षीय नितेशकुमार पटेललाई पक्राउ गरेको हो। उनी भारतको सीतामडी जिल्ला बरौनिया थाना मुसहरस्थित मुसहर चोकका हुन्।

">