काठमाडौं। इजरायलका जेलहरूमा कैदीका रूपमा रहेका आतंककारीहरूले चोर बाटोबाट बिर्य पठाएर आफ्ना पत्नीहरुलाई गर्भवती बनाउन थालेका छन्।
यसबाट केवल आतंकवादीहरुको वंशवृद्धि भएको छैन, भविष्यमा इजरायलका निम्ति ठूलो सुरक्षा खतरा निम्तन सक्ने अवस्था उत्पन्न भएको छ।
इजरायलमा आतंकवादको आरोपमा जेलमा रहेका बन्दीहरुलाई वैवाहिक भेटघाटको अनुमति दिइँदैन। यसकारण आतंककारीहरुले डिब्बामा आफ्नो ‘स्पर्म स्मगलिङ’ गरेर आफ्ना पत्नीसम्म पुर्याउने गरेका हुन्।
वैवाहिक भेटघाटमा कैदीलाई आफ्नी पत्नीसँग केही घण्टा एक्लै भेट्ने छुट दिइन्छ। यसबाट कैदीहरु पत्नीलाई गर्भवती बनाउन पनि सक्छन्। तर, आतंककारीको आरोप लागेको कैदीलाई भने यो छुट दिइँदैन। यसकारण पनि तिनका निम्ति सन्तान उत्पादन गर्न स्पर्म स्मगलिङ एकमात्र बाटो हुने गरेको छ।
इजरायलको जेल निकै सुरक्षित मानिन्छ। त्यसैले स्पर्म स्मगलिङको प्रयास गर्नेमध्ये थोरैमात्र सफल हुन सकेका छन्। आफ्नी पत्नीसम्म बिर्य पुर्याउन त्यहाँका कैदीहरू भरमग्दुर प्रयास गर्दै आएका छन्।
सन् १९८६ मा ‘पपुलर फ्रन्ट अफ दि लिबरेसन अफ प्यालेस्टिन’ का केही कैदीले एक इजरायली सैनिकको अपहरणपछि हत्या गरेका थिए। त्यसको जवाफमा इजरायली गुप्तचर संस्थाले मध्यइजरायलको टिका सहरको एक इजरायली अरबी वालिद डक्कालाई पक्रिएको थियो। आतंकवादी गतिविधिमा संलग्न तिनलाई अदातले आजीवन कारावासको सजाय सुनाएको थियो।
जेलमै तिनको भेटघाट इजरायली अरबी महिला पत्रकार साना सलामासँग भयो। त्यसबखत सलामा प्यालेस्टिनी कैदीको जीवनबारे लेख्ने गर्थिन्। उनले सोही क्रममा पटकपटक इजरायलको जेलमा रहेका प्यालेस्टिनी आतंकाकारीहरुसँग भेटेकी थिइन्।
सलामाले जेलमै डक्कासँग १९९९ मा विवाह गरिन्। यो जोडी आफ्नो सन्तान जन्माउन चाहन्थ्यो। तर, आतंककारीलाई वैवाहिक भेटघाट प्रतिबन्ध रहेकाले तिनीहरुको चाहना पूरा हुन सकिरहेको थिएन।
इजरायली अधिकारीहरुलाई के डर छ भने, आतंककारीलाई वैवाहिक भेटघाटको छुट दिइँदा तिनले यसको गलत फाइदा उठाउने छन्। यस्तोखाले भेटघाटका क्रममा हतियार, पैसाका साथै लागूपदार्थसमेत तस्करी हुन सक्ने तिनको अनुमान छ। त्यसैले आतंककारीहरुले बिर्य पठाउनका लागि अनेक उपाय सोचेको अधिकारीहरू बताउँछन्।
के आशंका गरिन्छ भने, पत्रकार सलामा नै पहिलो महिला हुन् जो २०१२ मा स्पर्म स्मगलिङका माध्यमबाट गर्भवती भइन्। यसरी गर्भवती हुने र सन्तान जन्माउने महिलाको संख्या २०१८ सम्म ६० रहेको बताइन्छ। ती सबै महिलाका पती आतंककारी गतिविधिमा संलग्न रहेका कारण इजरालयका विभिन्न जेलमा बन्दी छन्।
(एनबीटी)
" /> काठमाडौं। इजरायलका जेलहरूमा कैदीका रूपमा रहेका आतंककारीहरूले चोर बाटोबाट बिर्य पठाएर आफ्ना पत्नीहरुलाई गर्भवती बनाउन थालेका छन्।यसबाट केवल आतंकवादीहरुको वंशवृद्धि भएको छैन, भविष्यमा इजरायलका निम्ति ठूलो सुरक्षा खतरा निम्तन सक्ने अवस्था उत्पन्न भएको छ।

">