साेलुखुम्बु। सगरमाथा राष्ट्रिय निकुञ्जकाे राजस्व संकलनमा गिरावट आएको छ।

मुख्य मौसममा पर्यटकीय गतिविधि ठप्प हुँदा राजस्व संकलनमा करिब ९९ प्रतिशतले गिरावट आएको निकुञ्जका सूचना अधिकारी पेम्बा शेर्पाले जानकारी दिए।

गत आवको पहिलो चौमासिकमा पर्यटक प्रवेश शुल्कबाट चार करोड २८ लाख ९८ हजार ५५३ रूपैयाँ र हेलिकप्टर अवतरण तथा वन पैदावर शुल्कबाट १५ लाख २४ हजार ६११ रूपैयाँ राजस्व संकलन गरेको थियो।

कार्यालयले चालू आवको सोही अवधिमा पर्यटक प्रवेश शुल्कबाट पाँच लाख १६ हजार ३५० रूपैयाँ र हेलिकप्टर अवतरण तथा वन पैदावर शुल्कबाट १८ हजार ३०६ रूपैयाँ २५ पैसा मात्रै सङ्कलन गरेको जनाएको छ।

निकुञ्जको मुख्य आम्दानी नै सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी तथा स्वदेशी पर्यटकबाट लिने प्रवेश शुल्क र हेलिकप्टर अवतरण तथा वन पैदावर शुल्क हो।

खुम्बु क्षेत्रका लागि वर्षमा दुईपटक चैत–जेठ र असोज–मङ्सिरलाई मुख्य पर्यटकीय मौसम मानिन्छ।

यही मौसममा कोभिड-१९ को महामारी विश्वभरि फैलिएपछि नेपालमा पनि लकडाउनले पर्यटक आवागमन ठप्प बनाएको थियो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायका अनुसार पर्यटकीय गतिविधि ठप्प हुँदा राजश्व संकलनमा भारी मात्रामा गिरावट आएको हो। उनका अनुसार विदेशी पर्यटकबाट प्रतिपर्यटक तीन हजार रूपैयाँ प्रवेश शुल्क लिने गरेको छ भने सार्क मुलुकका नागरिकबाट एक हजार ५०० रूपैयाँ र एकपटक हेलिकप्टर अवतरण गरेबापत तीन हजार अवतरण शुल्क लिने गरिएकाे छ। रासस

" /> साेलुखुम्बु। सगरमाथा राष्ट्रिय निकुञ्जकाे राजस्व संकलनमा गिरावट आएको छ।

"> सगरमाथा निकुञ्जकाे राजस्व संकलनमा ९९ प्रतिशतले गिरावट: Dekhapadhi
सगरमाथा निकुञ्जकाे राजस्व संकलनमा ९९ प्रतिशतले गिरावट

प्रतिक्रिया दिनुहोस्