काठमाडौं। नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदरकुमार न्यौपानेको बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइ आज पनि हुँदैछ।
सुनुवाइका लागि मुद्दाको पेशी न्यायाधीशद्वय दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासमा तोकिएको छ।
लम्बोदर न्यौपानेको हकमा निर्मल न्यौपानेले यही मंसिरको १९ गते बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका हुन्। रिटमा प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई प्रतिवादी बनाइएको छ।
यसअघि मंसिर २२ गते न्यायाधीश मीरा खड्काको एकल इजलासले मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै हिरासतमा राख्नुको कारणबारे प्रहरी प्रधान कार्यालय र सीआईबीको नाममा कारण देखाऊ आदेश जारी गरेको थियो।
लम्बोदरविरुद्ध सीआईबीले ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ। उनी प्रहरीको न्यायीक हिरासतमा छन्।
सीआईबीले तीन करोड ७१ लाख रूपैयाँ ठगी आरोपमा न्यौपानेलाई मंसिर १० गते न्यौपानेलाई पक्राउ गरेको थियो।
७८ लाख रूपैयाँ न्यौपानेबाट घुस लिएको प्रमाण सार्वजनिक हुँदा तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले आयुक्त पदबाट राजीनामा दिएका थिए।
पक्राउ परेका न्यौपाने अध्यक्ष भएका बेला इञ्जिनियरिङ कलेजको २३ करोड १० लाख २३ हजार ४४३ बेरूजु देखिएको थियो।
त्यसमध्ये ३ करोड ७१ लाख ५३ हजार ६५० रूपैयाँ बेरूजु उनको नाममा थियो।