बागलुङ। ताराखोला गाउँपालिकामा औद्योगिक ग्रामको पूर्वाधार निर्माण सुरु भएको छ।
औद्योगिक ग्रामको शनिबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शिलान्यास गरेका थिए।
‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ को राष्ट्रिय लक्ष्यअनुरूप गाउँपालिकाको वडा नं १ अमरभूमि, भुस्कातमा औद्योगिक ग्राम बन्न लागेको हो।
१३८ रोपनी क्षेत्रफलमा निर्माण हुने औद्योगिक ग्राममा संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारको लगानी छ।
गत आवमा संघ सरकारको उद्योग मन्त्रालयबाट विनियोजित ९२ लाख रूपैयाँ बजेटबाट विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउनेदेखि पूर्वाधार तयारीका कामलाई अघि बढाइएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए।
“पर्खाल, घेराबार र प्रवेशद्वार निर्माणको काम सुरु भएको छ, अर्को वर्षसम्ममा संरचना तयार गरिसकेर औद्योगिक ग्राम सञ्चालनमा ल्याउने लक्ष्य छ”, उनले भने। प्रदेश सरकारले चालु आवमा ६५ लाख रूपैयाँ बजेट उपलब्ध गराउने प्रतिबद्धता गरेको छ। रासस
" /> बागलुङ। ताराखोला गाउँपालिकामा औद्योगिक ग्रामको पूर्वाधार निर्माण सुरु भएको छ।औद्योगिक ग्रामको शनिबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शिलान्यास गरेका थिए।

">