दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटीएम मेसिन फुटाउने पक्राउ
काठमाडौं। काठमाडौंको दरबार मार्गमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालयको एटीएम दिउँसै मेसिन फुटाउँदै गर्दा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ३० वर्षीय आनन्द तामाङ रहेका छन्। उनी काठमाडौंको कपन बस्दै आएका छन्। घर चाहिँ खोटाङ रहेको खुलेको छ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गले शनिबार दिउँसो १  बजेको समयमा उनलाई पक्राउ गरेको हो। सोही वृत्तमा उनलाई राखिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले दिउँसो १२:३० बजेतिर आनन्दले एटीएम फुटाएको जनाएको छ।

परिसरका अनुसार उनले एटीएमको सिसा फुटाइसकेको पाइएको छ। उनले बैैंकको सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि पनि हातपात गरेका छ्न्।

राजधानी काठमाडौं जस्तो सुरक्षा व्यवस्था कडा भनिएको ठाउँमा बैंक दिनदिनै असुरक्षित बन्दै गएको छ।

यसले काठमाडौंको सुरक्षा व्यवस्थामाथि प्रश्न उब्जाएको छ।

प्रतिक्रिया दिनुहोस्