रौतहतमा स्कुलनजिकै एकजना मृत फेला
<p style="text-align: justify;">काठमाडौँ। रौतहटको चन्द्रपुर नगरपालिका-१० बडेर्वामा एकजना युवा मृत अवस्थामा फेला परेका छन्।</p>
<p style="text-align: justify;">उनी सोही ठाउँस्थित बडेर्वा स्कुलनजिकै शुक्रबार मृत अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार उनी सोही स्थानका ३० वर्षीय मेथुन माझी भनी पहिचान भएको छ।</p>
<p style="text-align: justify;">यस घटनाबारे स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।</p>