वासिङ्टन। संयुक्त राज्य अमेरिकामा संघीय कानुनबमोजिम एक व्यक्तिलाई बिहीबार मृत्युदण्ड दिइएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो कार्यकाल सकिनै लाग्दा संघीय कानुनबमोजिम मृत्युदण्ड दिएको भन्दै चौतर्फी विरोध पनि भएको छ।
इन्डियाना राज्यको टेरी हट कारागारमा ४० वर्षीय अफ्रिकी-अमेरिकी ब्रान्डोन बर्नार्डलाई सुईबाट घातक विषाक्त दिएर मृत्युदण्ड दिइएको हो। सन् १९९९ मा टेक्सासमा भएको एक हत्याकाण्डमा बर्नार्डको संलग्नता पुष्टि भएको थियो, जतिबेला उनी १८ वर्षका थिए।
कारागारमा बर्नार्डले राम्रो व्यवहार गरेको र उनीमा धेरै सुधार आएको भन्दै उक्त मृत्युदण्डलाई आजीवन कारावासमा परिणत गर्न झण्डै पाँच लाख व्यक्तिले लिखित अनुरोध गरे पनि संघीय अधिकारीहरूले त्यसलाई सुनुवाइ गरेका थिएनन्।
सन् १९९९ मा टेक्सासमा एक दम्पतिलाई लुटपाट गर्ने क्रममा बर्नार्डसहित अन्य चार किशोरहरूले ती दम्पतीलाई हत्या गरी उनीहरू चढेको कारमा राखेर आगो लगाएका थिए। बर्नार्डले गोली नचलाए पनि आगो लगाउन मद्दत गरेका थिए।
बर्नार्डका अर्का साथी एवं गोली चलाउने क्रिस्टोफर भियाल्भालाई गत सेप्टेम्बरमा मृत्युदण्ड दिइएको थियो। उनी पनि घटना हुँदाका दिन १९ वर्षका मात्र थिए। समूहका अन्य सदस्यहरु भने घटना हुँदाका दिन १८ वर्ष नपुगेको भन्दै अदालतले सुधार गृहमा पठाएको थियो।
रासस/एएफपी
" /> वासिङ्टन। संयुक्त राज्य अमेरिकामा संघीय कानुनबमोजिम एक व्यक्तिलाई बिहीबार मृत्युदण्ड दिइएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो कार्यकाल सकिनै लाग्दा संघीय कानुनबमोजिम मृत्युदण्ड दिएको भन्दै चौतर्फी विरोध पनि भएको छ।इन्डियाना राज्यको टेरी हट कारागारमा ४० वर्षीय अफ्रिकी-अमेरिकी ब्रान्डोन बर्नार्डलाई सुईबाट घातक विषाक्त दिएर मृत्युदण्ड दिइएको हो। सन् १९९९ मा टेक्सासमा भएको एक हत्याकाण्डमा बर्नार्डको संलग्नता पुष्टि भएको थियो, जतिबेला उनी १८ वर्षका थिए।

">