काठमाडाैं। तारकेश्वर नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादको उजुरी बढी दर्ता भएको छ। आर्थिक वर्ष २०७६/७७ मा समितिमा ९६ उजुरी दर्ता भएकामा २४ जग्गा विवादसम्बन्धी रहेका छन्। अधिकांश उजुरी साँध सिमानाकै रहेका न्यायिक समितिको संयोजक एवम् उपप्रमुख भवानी डोटेल (धिताल) ले जानकारी दिए।
उनका अनुसार सो आवमा परेका उजुरीमा २० सार्वजनिक जग्गा/बाटोसम्बन्धी, चार सिमाना विवाद, तीन महिला तथा बालबालिका हिंसासम्बन्धी र अन्य ४५ रहेका छन्। यस अवधिमा ४४ वटा मुद्दा किनारा लगाइएको छ। ११ उजुरी मेलमिलाप तथा सहमति भएका, दुई उजुरी मुल्तबीमा राखिएको र ३९ वटा प्रक्रियामा रहेको उनले बताए।
घरेलु हिंसा र महिला हिंसाका उजुरीहरु समितिमा अत्यन्त कम पर्ने जनाइएको छ। सामाजिक परिवेश तथा चेतनाको कमीले पनि यस्ता खालको उजुरीहरु बाहिर ल्याउन हुन्न भन्ने मान्यताले उजुरी थोरै पर्ने गरेको बताइएको छ। व्यक्तिगत तथा घरेलु हिंसाका उजुरी समितिमा नपरे पनि घर-जग्गा विवाद, सम्बन्धविच्छेद, घर निर्माण विवाद र ठगी-लेनदेनका उजुरी न्यायिक समितिमा पर्ने गरेका छन्।
आव २०७५/७६ मा ८१ उजुरी दर्ता भएकामा २८ जग्गा विवादसम्बन्धी रहेका थिए। त्यस्तै नौ सार्वजनिक जग्गा तथा बाटोसम्बन्धी, १९ सिमाना विवाद, दुई सम्बन्ध विच्छेद र एउटा महिला तथा बालबालिका हिंसासम्बन्धी उजुरी न्यायिक समितिमा दर्ता भएका थिए।
सो अवधिमा ३१ वटा उजुरी न्यायिक समितिबाट फैसला गरिएको, २० सहमति भएको, ४९ प्रक्रियामै रहेको र एउटा मुल्तबीमा राखिएको छ।
चालु आवामा समितिमा उजुरीहरु आउने क्रम बढिरहेको नगरपालिकाले जनाएको छ। नगरपालिकामा आउने उजुरीहरु सबै लिखितरुपमै आउने गरेका छन्। उपप्रमुख डोटेलको संयोजकत्वमा रहेको समितिमा दुईजना कानुन व्यवसायी सदस्य रहेका छन्। समितिले यहाँ दर्ता भएका मुद्दाको सुनुवाइका लागि प्रत्येक सोमबार र बिहीबार इजलास राख्दै आएको छ। रासस
" /> काठमाडाैं। तारकेश्वर नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादको उजुरी बढी दर्ता भएको छ। आर्थिक वर्ष २०७६/७७ मा समितिमा ९६ उजुरी दर्ता भएकामा २४ जग्गा विवादसम्बन्धी रहेका छन्। अधिकांश उजुरी साँध सिमानाकै रहेका न्यायिक समितिको संयोजक एवम् उपप्रमुख भवानी डोटेल (धिताल) ले जानकारी दिए।उनका अनुसार सो आवमा परेका उजुरीमा २० सार्वजनिक जग्गा/बाटोसम्बन्धी, चार सिमाना विवाद, तीन महिला तथा बालबालिका हिंसासम्बन्धी र अन्य ४५ रहेका छन्। यस अवधिमा ४४ वटा मुद्दा किनारा लगाइएको छ। ११ उजुरी मेलमिलाप तथा सहमति भएका, दुई उजुरी मुल्तबीमा राखिएको र ३९ वटा प्रक्रियामा रहेको उनले बताए।

">