वहुविवाह गर्ने महिला १५ वर्षपछि पक्राउ
<p>पर्वत। वहुविवाह मुद्दाका फरार प्रतिवादी फलेवास नगरपालिका-१ बस्ने ३२ वर्षीया गीतादेवी पौडेललाई हिजो प्रहरीले पक्राउ गरेको छ। </p>
<p>जिल्ला अदालत पर्वतले २०६२ जेठ २३ गते उनलाई १ बर्ष कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो। त्यसपछि उनी फरार थिइन्। </p>
<p>उनलाई प्रहरी चौकी कार्कीनेटा पर्वतबाट खटिएको टोलीले घरबाटै पक्राउ गरेको हो। </p>
<p>जिल्ला अदालतमा पर्वत बुझाइए कैद भुक्तानको लागि कारागार चलाउन गरिएको प्रहरीले बताएको छ। </p>
प्रतिक्रिया दिनुहोस्
