काठमाडौं। झापा, नवलपरासी (पूर्व), रुपन्देही र बझाङका छुट्टाछुट्टै स्थानमा बिहीबार भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। ती दुर्घटनामा ३ जना घाइते भएका छन्।
झापाको अर्जुनधारा नगरपालिका-११ सालवारीस्थित सडकमा मे.११ प ६२५२ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ३३ वर्षीय ललित चौधरीको बिहीबार राति मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका चौधरीको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।
नवलपरासी (पूर्व) को बिनयी त्रिवेणी गाउँपालिका–१ बिनयी खोलामा लु.३ त ८१७५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक दाङ राजपुर गाउँपालिका-४ मोतीपुर बस्ने २४ वर्षीय हरिश्याम यादवको बिहीबार राति मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका उनको भरतपुर अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो। उक्त खोलामा अबैध रुपमा नदीजन्य पदार्थ ओसारपोसारमा संलग्न ना.३ त ९०५८ नम्बरको ट्याक्टरसहित ५ वटा ट्याक्टरलाई नियन्त्रणमा लिने क्रममा लु.३ त ८१७५ नम्बरको ट्याक्टर प्रहरीलाई देखी भाग्ने क्रममा दुर्घटना भएको हो।
सोही घटनाको बिषयलाई लिएर शुक्रबार बिहान बिनयी त्रिवेणी गाउँपालिका-२ दुम्कीबास बजारमा स्थानीयहरुले पूर्वपश्चिम राजमार्ग अवरोध गरेका थिए। उनीहरुले जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल सुरक्ष बेस चोरमाराबाट खटिएको प्रहरीमाथि समेत ढुंगामुढा गरेपछि ढुंगामुढा गरेका थिए।
ढुंगामुढा गर्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ढुंगामुढाबाट २ जना प्रहरी कर्मचारी सामान्य घाइते भएका छन्।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका- ११ महदेवास्थित सडकमा लु. ६० प १०९८ नम्बरको मोटरसाइकल बिहीबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने १९ वर्षीय बिजय बानियाँको मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका उनको क्रिमसन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो। घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
बझाङको बित्थडचिर गाउँपालिका-९ सुनकुडा बजारमा ना. ६ ख १७९५ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने प्रेम बिष्टकी २ वर्षीया छोरी दीपिका बिष्टको बिहीबार साँझ मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको स्थानीय स्वास्थ्य चौकी देउलेख हुँदै थप उपचारको लागि धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाको विषयलाई लिएर मृतकका आफन्तले ढुंगामुढा राखी जयपृथ्वी राजमार्ग अवरोध गरेकोले प्रहरीले राजमार्ग खुलाउने पहल गरिरहेको छ।
" /> काठमाडौं। झापा, नवलपरासी (पूर्व), रुपन्देही र बझाङका छुट्टाछुट्टै स्थानमा बिहीबार भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। ती दुर्घटनामा ३ जना घाइते भएका छन्।झापाको अर्जुनधारा नगरपालिका-११ सालवारीस्थित सडकमा मे.११ प ६२५२ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ३३ वर्षीय ललित चौधरीको बिहीबार राति मृत्यु भएको छ।

">