काठमाडौं। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विपक्षीहरूले लाहोरमा निकाल्ने भनेको जुलुश हालका लागि रोक्न आग्रह गरेका छन्।
पाकिस्तानमा कोभिड-१९ को असर अझै धेरै मात्रामा देखिएकोले ठूलो संख्यामा जुलुश निकाल्दा यसबाट संक्रममण बढ्ने भन्दै सो जुलुश ननिकाल्न भनेका हुन्।
पाकिस्तानमा वर्तमान सरकारका विरुद्धमा आन्दोलन गर्न विभिन्न ११ वटा विपक्षी दलहरू लागेका छन्। उनीहरूले यही डिसेम्बर १३ मा पाकिस्तानको लाहोरमा विशाल जुलुश निकाल्ने तयारी गरेका छन्।
यसअअघि देखि नै सरकारले सो नारा जुलुश र सरकारका विरुद्धमा हुने भनिएको विरोध प्रदर्शनको कामलाई रोक्नका लागि पटक-पटक आग्रह गर्दै आएको त्यहाँका सञ्चारमाध्यमहरुले बताएका छन्।
तर पनि विपक्षीहरूले नमानेपछि पाकिस्तानी प्रधानमन्त्री खानले राजनीतिक दलहरूलाई सार्वजनिक रूपमा यो आग्रह गरेका हुन्। पाकिस्तानका अधिकारीहरूले यहाँको सरकारले हाल कोरोना भाइरसको दोस्रो वेभको कडा मात्रामा सामना गर्नु परिरहेको बताएका छन्।
पाकिस्तानका प्रधानमन्त्री खानले नै हालैमात्र सरकारले यहाँका अस्पतालका कम्तीमा पनि ६४ प्रतिशत अस्पतालका बेडहरु कोरोना भाइरसका विरामीहरुलाई भनेर छुट्याइएकोमा अहिले ती सबै भरिएका र कोरोना भाइरसको दोस्रो वेभका कारण यहाँ निकै समस्या परेको बताएका छन्।
अर्कातर्फ विपक्षी राजनीतिक दलहरुले भने केही महिनादेखि नै सरकारका विरुद्धमा आन्दोलनलाई जारी नै राखेका छन्।
रासस/एएनआई