कावासाेती। ट्र्याक्टर चालकको मृत्युका कारण स्थानीयवासीले प्रदर्शन गर्दा अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग अहिले पूर्णरूपमा सञ्चालनमा आएको छ।
तनावग्रस्त बनेको दुम्किवास क्षेत्र अहिले सामान्य बनेको छ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा गएराति चालकको मृत्युपछि स्थानीयवासीले प्रदर्शन गर्दा पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध भएको थियो।
स्थानीयवासीले मृत्युको घटनालाई लिएर प्रहरी कार्यालय घेराउ र राजमार्ग अवरुद्ध गरेका थिए।
विनयी त्रिवेणी-२ को पहेलीभित्ता भन्ने स्थानको विनयीखोलामा लु३त ८१७५ नम्बरका चालक दाङ राजापुर गाउँपालिका-४ निवासी २४ वर्षीय हरिश्याम यादवको मृत्यु भएपछि स्थानीय आक्रोशित बनेका थिए।
प्रहरीको कुटाइबाट यादवको ज्यान गएको भन्दै स्थानीयवासीले इलाका प्रहरी कार्यालय दुम्किवासमा प्रदर्शन गर्दै राजमार्ग अवरुद्ध पारेका थिए। प्रहरीले भने भाग्ने क्रममा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको बताएको छ।
प्रहरीले अहिले प्रदर्शनकारीलाई हटाएर राजमार्ग खुलाएको छ।
स्थानीयवासीले घटनाको छानबिनको माग राखेका छ । यादवको शव भरतपुरमा राखिएकाे छ।
शवको परीक्षण गरिने र आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइने इलाका प्रहरी कार्यालय दुम्किवासका प्रमुख प्रहरी निरीक्षक विकास बमले बताए।
स्थानीयवासीले घटनाको छानबिन गरी मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने प्रतिबद्धता कार्यान्वयनमा नआए पुनः आन्दोलन गर्ने बताएका छन्। रासस
" /> कावासाेती। ट्र्याक्टर चालकको मृत्युका कारण स्थानीयवासीले प्रदर्शन गर्दा अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग अहिले पूर्णरूपमा सञ्चालनमा आएको छ।तनावग्रस्त बनेको दुम्किवास क्षेत्र अहिले सामान्य बनेको छ।

">