काठमाडौं। श्रृष्टि केसी, आफ्नो १६ वर्षे यौवनलाई ‘स्वीट सिक्सटिन’ को उपमा दिन्छिन्। त्यही १६ वर्षे उमेरमा उनले दुई खालको जीवन भोगाईको अनुभूति गर्न पाइन्।
१६ वर्षमा आँखाको ज्योति गुमाएकी उनी भन्छिन्, “मैले आँखा हुँदाको संसार पनि देखें। आँखा नहुँदाको संसार पनि अनुभूति गर्न पाएँ।”
आफ्नो दृष्टि गुमाएको तर, त्यसपछि आफूले बाँच्ने कला सिकेको उनको भनाइ छ। आँखामा समस्या आएपछि उनी डाक्टरकहाँ गइन्। डाक्टरले गलत औषधि आँखामा हालिदिँदा उनको आँखाको ज्योति सधैका लागि गुम्यो। तर, उनले त्यसपछि जीन्दगीको अर्थ बुझिन्।
कक्षा ८ मा पढ्दै गर्दा उनको आँखामा समस्या आयो। एसएलसी दिएपछि उनी पूर्ण रूपमा आँखा नदेख्ने भइन्। त्यहीँबाट उनले उनले सदाको लागि आफ्नो आँखाको ज्योति गुमाइन्।

“आँखा हुँदाको जीवन पनि रमाइलो थियो। त्यो बेला छुट्टै खालको आनन्द आउथ्यो। आँखाको ज्योति नहुँदा जीवन पनि छुट्टै खालको छ। मैले जीवनको अर्थ अहिले झन राम्रोसँग बुझेकी छु” उनले आफ्नो जीवन भोगाईबारे भनिन्।
आँखाको ज्योति गुमेपछि जुन खालको समस्यामा परिन्, त्यसले उनलाई बाँच्न सिकायो। “अपांग भएपछि मानिसमा आत्मबल कम हुने, मेरो त अब जीवन नै सकियो भन्ने खालको सोच हुन्छ। तर, मैले त्यो सोचमा दिमागमा कहिल्यै आउन दिइन। झन आत्मबल बलियो बनाएर अघि बढ्ने हिम्मत जुटाएँ”, श्रृष्टिले भनिन्।
त्यसका लागि उनले सबैभन्दा पहिला अध्ययनलाई अगाडि बढाइन्। उनले आफ्नो अध्ययनलाई अगाडि बढाउने क्रममा राम्रो मात्र गरिनन्, उत्कृष्ट नै गरिन्। जसले गर्दा उनी +२ मा नेपाल टप गरिन्। त्यस्तै स्नातक तहमा पनि टीयू टप गरिन्।
“दृष्टिविहीन भएपछि मैले थुप्रै कलेज पढ्ने प्रयास गरेँ। धेरै कलेजले मलाई भर्ना लिन मान्नुभएन्। अन्तमा डिल्लीबजारको पद्मकन्या कलेजमा भर्ना पाएँ। मैले ज्ञानले मानिसको चेतनाको विकास हुन्छ भन्ने अनुभव पाएकी थिएँ। त्यसका लागि पनि मैले शिक्षा राम्रो हतियार बनाउनुपर्छ भन्ने लाग्यो। त्यही भएर पढाईलाई पनि निरन्तरता दिएँ”, उनले आफ्नो पढाइबारे भनिन्।
“मार्टर्स भने म बाहिर गएर पढ्न चाहन्थेँ। किनभने म देशबाहिरको दुनियाँ पनि हेर्न, अनुभव गर्न चाहन्थ्ये। त्यसका लागि मैले स्कलरशीपमा नाम निकाल्न सफल भएँ। र, यूरोपका चार वटा देश नर्बे, फ्रान्स, हंगुरी र यूकेमा गएर मास्र्टस पूरा गरेँ,” उनले भनिन्।
उनको यूरोप यात्रा निकै यादगार रह्यो। “यूरोपमा गएर पढ्न निकै रमाइलो पनि थियो, चुनौतीपूर्ण पनि थियो। त्यहाँ रहँदा सेवा सुविधाहरू एकदमै बढी थियो। कलेजमा पढ्दा एकदमै सहज वातावरण थियो,” उनले भनिन्।
“सुविधा नेपालको भन्दा धेरै भएपनि विभेद त्यहाँ पनि थियो। कक्षामा म मात्र दृष्टिविहीन थिएँ। त्यही भएर केही साथीहरू मसँग बोल्न/बस्न र हिँड्न नरूचाउने पनि थिए। तर, कतिपय साथीहरू भने एकदमै सहयोगी थिए,” उनले भनिन्, “हामीलाई हेरिने सकारात्मक नकारात्मक सोच जहिकहि हुँदो रहेछ भन्ने कुरा मैले त्यहाँ गएर थाहा पाए। त्यो चाहे विकसित देश वा हाम्रो जस्तो विकासोन्मुख देश किन नहोस्, विभेद त हुनेरहेछ।”
आँखाको ज्योति गुमेपछि उनमा हिम्मत हार्नु हुन्न भन्ने थियो। त्यसका लागि उनले आँखाको ज्योति गुमेकोमा गुनासो गर्नुभन्दा पनि परिवर्तनका लागि आफू उठ्नु जरुरी छ भन्ने लाग्यो।
“मेरो जीन्दगीको जुन घटना घटेपछि समाजमा जस्तो खालको टिप्पणी हुन्छ। मैले त्यसका लागि पनि उठ्नु जरूरी छ भन्ने लाग्यो। त्यही आधारमा ब्लाइण्ड रक्स नामक संस्था खोलेँ।” उनले भनिन्।
उनी आफ्नो जीवन भोगाईका कथा अरूलाई सुनाउन थालिन्। जसले गर्दा उनलाई एक अब्बल मोटिभेसनल स्पिकरको रूपमा देश विदेशमा चिनायो।
“जब मैले गरेको संघर्ष तथा मेरो जीवनलाई अपांगता नभएका व्यक्तिहरूले पनि प्रेरणाको स्रोत लिन थाले त्यसपछि भने म आफ्नो कथाहरू सुनाउन थाले। त्यहीबाट मेरो मोटिभेसनल स्पिकरको यात्रा अघि बढ्यो,” उनले भनिन्।
उनी स्पिच दिन, सामाजिक कार्य मात्र नभएर नाच्नमा समेत अब्बल छिन्। त्यही कारण उनी नेपालमा पहिलो पटक आयोजना भएको डान्सिङ विथ स्टारमा भाग लिइन्। त्यही प्लेटफर्म मार्फत उनले आफुलाई एक अब्बल डान्सरको उपमा पाइन्।
“प्रत्येक स्पिचको अन्त्यमा म नाच्ने गर्थेँ। त्यो भने मेरो कल्पना प्रयोग गरेर नाच्निथ्यो। मलाई कुनै टेक्निक्सहरू थाहा थिएन्। त्यहाँ गएपछि थुप्रै कुराहरू सिक्ने मौका मिल्यो,” उनले भनिन्।
अब उनले डान्सलाई पनि आफ्नो जीवन यात्राको पाटो बनाउने योजना अघि सारेकी छिन्। डान्सिङ विथ स्टारबाट बाहिरिएपछि उनले अपाङ्गता भएका व्यक्तिका लागि यस्तै कार्यक्रम ल्याउने योजना अघि बढाएकी छिन्।
उनलाई प्रत्येक पटक दृष्टिविहिनताको ट्याग लगाईदिँदा निकै नरमाइलो लाग्छ। “म पनि त अरूसँगै हातेमालो गरेर अगाडि बढ्न सक्छु, चाहन्छु। त्यस्तो हो भने किन हामीलाई हामीले विभेदको दृष्टिकोणबाट हेर्ने ?” उनको प्रश्न छ।
आफूलाई कसैले पनि दृष्टिविहिन श्रृष्टि भन्दा पनि श्रृष्टि भनेर व्यवहार गरोस् भन्ने चाहना उनको छ। “त्यसरी मलाई दृष्टिविहीन भनेर तिमी फरक छौ भनेर सम्झाइदिनुहुन्छ। म पनि त तपाईहरू जसरी नै अगाडि बढ्न चाहन्छु,” उनले भनिन्।
" /> काठमाडौं। श्रृष्टि केसी, आफ्नो १६ वर्षे यौवनलाई ‘स्वीट सिक्सटिन’ को उपमा दिन्छिन्। त्यही १६ वर्षे उमेरमा उनले दुई खालको जीवन भोगाईको अनुभूति गर्न पाइन्।१६ वर्षमा आँखाको ज्योति गुमाएकी उनी भन्छिन्, “मैले आँखा हुँदाको संसार पनि देखें। आँखा नहुँदाको संसार पनि अनुभूति गर्न पाएँ।”

">