काठमाडौँ। मोरङमा भन्सार छलेर चोरी पैठारी गरी भण्डारण गरेको करिब ३३ लाख रूपैयाँ बराबरको कपडा प्रहरीले बरामद गरेको छ।
बरामद गरिएको कपडामध्ये ३,२८३ थान सर्ट, २३ थान जम्पर र ३५ थान पाइन्ट रहेको छ। विराटनगर महानगरपालिका–७ जलजला चोकमा रहेको तरुण कुमार साह (रौनियार)को गोदामबाट बिहीबार दिउँसो प्रहरीले उक्त परिमाणको कपडा बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले बरामद गरेको कपडा आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा पठाउने प्रहरीले जनाएको छ।
" /> काठमाडौँ। मोरङमा भन्सार छलेर चोरी पैठारी गरी भण्डारण गरेको करिब ३३ लाख रूपैयाँ बराबरको कपडा प्रहरीले बरामद गरेको छ।बरामद गरिएको कपडामध्ये ३,२८३ थान सर्ट, २३ थान जम्पर र ३५ थान पाइन्ट रहेको छ। विराटनगर महानगरपालिका–७ जलजला चोकमा रहेको तरुण कुमार साह (रौनियार)को गोदामबाट बिहीबार दिउँसो प्रहरीले उक्त परिमाणको कपडा बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले बरामद गरेको कपडा आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा पठाउने प्रहरीले जनाएको छ।
">