काठमाडौँ। मानव अधिकार तथा शान्ति समाजले आणविक अस्त्र निषेध सन्धि शीघ्र अनुमोदन गर्न आग्रह गर्दै आज काठमाडौँ र ललितपुरमा रहेका ९ देशका दूतावासअगाडि एकसाथ प्रदर्शन गरेको छ।
समाज २५ वर्षदेखि आणविक अस्त्रको विश्वव्यापी उन्मूलनको माग गर्दै आएको छ।
७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरका अवसरमा आज मध्याह्न १२ बजेदेखि आधा घण्टा काठमाडौँस्थित अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, इजरायल र ललितपुरस्थित उत्तर कोरियाली दूतावासअगाडि एकसाथ प्रदर्शन गरेको हो।
धर्नामा आणविक अस्त्र मानवताको सबैभन्दा ठूलो शत्रु र विश्व शान्ति एवं सभ्यताका लागि सबैभन्दा ठूलो खतरा हो, सबै आणविक अस्त्र नष्ट गर, आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर भन्नेलगायत लेखिएका ब्यानरहरू प्रदर्शन गरिएको थियो।
युद्ध निषेध : शान्ति विशेष, युद्धमा सबैको क्षय हुन्छ शान्तिमा सबैको जय हुन्छ, युद्ध रोक शान्तिलाई बढावा देउ, लेखिएका प्लेकार्डहरूसमेत प्रदर्शन गरिएको समाजद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
यसै गरी सहभागीहरूले आणविक अस्त्र निषेध सन्धि अनुमोदन गरी अरबौँको मन जित्न आणविक अस्त्र भएका राष्ट्रहरूलाई आग्रह गरेका थिए।

प्रदर्शनपश्चात् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादीमिर पुटिन, ब्रिटिस प्रधानमन्त्री बोरिस जोन्सन, पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई आणविक अस्त्रको पूर्ण उन्मूलनका लागि योगदान गर्न आग्रहसहित लेखिएको ज्ञापनपत्र सम्बन्धित दूतावासमा हस्तान्तरण गरिएको थियो।
“चिनियाँ राष्ट्रपति सी चिनपिङ, फ्रेन्च राष्ट्रपति इम्मान्युएल म्याक्रोन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई लेखिएको ज्ञापनपत्र सम्बन्धित दूतावासका अधिकारीहरूले हुलाक इमेलबाट पठाउन भनेको हुँदा सोहीअनुरूप पठाइएको छ,” समाजले भनेको छ।
अमेरिकी दूतावास अगाडिको प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, केन्द्रीय सदस्य गीता तिमल्सिना, सदस्य उमा गौतम, मायाँ भट्टराई, दुर्गा राना सहभागी रहेका थिए।
" /> काठमाडौँ। मानव अधिकार तथा शान्ति समाजले आणविक अस्त्र निषेध सन्धि शीघ्र अनुमोदन गर्न आग्रह गर्दै आज काठमाडौँ र ललितपुरमा रहेका ९ देशका दूतावासअगाडि एकसाथ प्रदर्शन गरेको छ।समाज २५ वर्षदेखि आणविक अस्त्रको विश्वव्यापी उन्मूलनको माग गर्दै आएको छ।

">