सालकको खपेटा सहित दुई युवा पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टे चोक नजिकबाट ७ सय ६० ग्राम सालकको खपेटा र ३५ हजार रूपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काभ्रेको बनेपा नगरपालिका बस्ने सिन्धुली घ्याङ्लेक गाउँपालिका-४ घर भएका २१ वर्षीय रवीन तामाङ र काभ्रेको बनेपाका २१ वर्षीय टेकबहादुर आले मगर रहेका छन्।

सोह्रखुट्टेको सूर्यदेव मिठाई पसलभित्र दुर्लभ वन्यजन्तु सालकको खपेटा विक्री भइरहेको भन्ने खबर पाएपछि गएको महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले खपेटा र नगदसहित उनीहरुलाई पक्राउ गरेको थियो।

उनीहरूले चलाउने एउटा मोटरसाइकल पनि महाशाखाले बरामद गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्