बाटोमा नवजात शिशु मृत फेला

काठमाडौं। बैतडीको डिलासैनी गाउँपालिका-५ सेटीगाउँमा नवजात शिशु मृत अवस्थामा फेला परेको छ।

बाटोको छेउमा बुधबार फेला परेको मृत शिशुलाई कस्ले फालेको भन्ने खुल्न सकेको छैन। प्रहरीले मृतक शिशुका आमा-बाबुको खोजी गरिरहेको जनाएको छ।

इलाका प्रहरी कार्यालय पाटन र प्रहरी चौकी गोकुलेश्वरबाट खटिएको प्रहरीले मृत अवस्थामा बाटोमा शिशुलाई फेला पारेको थियो। शिशुका आमा-बाबुको पत्तो नलागे पनि विवाहअघि वा अन्य कुनै खालको अवैधानिक शारीरिक सम्पर्कबाट जन्मिएका कारण शिशुलाई जन्मिनेवित्तिकै फ्याकिएको हुन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्