सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।

महोत्तरीको रामगोपालपुर नगरपालिका–५ मा स्कुल बसबाट लडेर एक जना विद्यार्थीको मृत्यु भएको छ।

बा.३ ख २३९७ नम्बरको स्कुल बसबाट बुधबार दिउसो लडेका स्थानीय ११ वर्षीय मोहमद मोद्धाशिर अहमदको मृत्यु भएको प्रहरीले जनाएको छ। स्कुल बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, रौतहटको गौर नगरपालिका–२ महादेवपट्टीमा बुधबार दिउँसो मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा २६ वर्षीय चालक दीलिप पटेलको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका पटेलको उपचारको क्रममा जिल्ला अस्पताल गौरमा मृत्यु भएको थियो। मोटरसाइकलमा पछाडि बसेर यात्रा गरिरहेका एक जना घाइते भएका छन्। घाइतेको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बुधबारै कैलालीको गौरीगङ्गा नगरपालिका–३ कुचैनीमा दुई वटा मोटरसाइल आपसमा ठोक्किँदा धनगढी उपमहानगरपालिका वडा नम्बर–१९ का १९ वर्षीय पुरन बोहराको मृत्यु भएको छ।

दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको कोहलपुर मेडिकल कलेज र अन्य दुई जनाको मायाँमेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ।

बुधबार दिउँसो से.१ प. ५५७८ नम्बरको मोटरसाइकल र से.६ प. ३७११ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

यसैबीच स्याङ्जाको वालिङ नगरपालिका–१४ डुम्रे भञ्ज्याङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बुधबार राति ना.६ ख २०९४ नम्बरको ट्रक सडकबाट करिव ५० मिटर तल खस्दा ट्रक चालक रौतहटको डुमरिया बस्ने ३५ वर्षीय गंमिरा साहको मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्