फकाएर पटक-पटक बलात्कार गरेको आरोपमा पक्राउ

काठमाडौं। ललितपुरमा एक जना किशोरी बलात्कृत भएकी छिन्।

बलात्कृत हुने १६ वर्षीया किशोरीलाई फकाएर पटक–पटक बलात्कार गरेको आरोपमा प्रहरीले २१ वर्षीय श्रीकृष्ष्ण श्रेष्ठलाई पक्राउ गरेको छ।

महालक्ष्मी नगरपालिका–८ लुभु टाउन प्लानिङका श्रेष्ठलाई महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको थियो।

प्रहरीले जबर्जस्ती करणी (बलात्कार) सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।

मुलुकी अपराध संहिता–२०७४ अनुसार १८ वर्ष मुनीका किशोरी वा बालिकाहरूसँग सहमतिमै शारीरिक सम्पर्क गरिए पनि बलात्कार मानिन्छ।

प्रतिक्रिया दिनुहोस्