काठमाडौं। रुसका विदेशमन्त्री सर्गेई लाभरोभले भारतको बारेमा कडा प्रतिक्रिया दिएका छन्। उनले रुसी इन्टरनेसनल अफेयर्स काउन्सिलको मंगलबारको बैठकमा भारतको कडा आलोचना गरेका हुन्।
उनको भाषण हिजो प्रकाशित गरिएको थियो, जसलाई भारतीय मिडियाले उच्च प्राथमिकताका साथ प्रकाशित गरेका छन्।
रुसी विदेशमन्त्री लाभरोभले भारतमाथि चीनविरोधी पश्चिमी ‘आक्रामक र छलपूर्ण’ नीति कार्यान्वयन गर्न माध्यम बनेको आरोप लगाएका छन्।
“पश्चिम एक ध्रुवीय विश्व कायम गर्न चाहन्छ। रुस र चीन उसको मातहतमा हुने सम्भावना कम छ। तर, भार अझै इण्डो-प्यासेफिक (हिन्द-प्रशान्त) क्षेत्रमा तथाकथित क्वाड जस्तो पश्चिमी देशको चीनविरोधी नीतिको एक माध्यम बनेको छ,” रुसी विदेशमन्त्री लाभरोभले भनेको छ।
पश्चिमी देशहरू भारत र रुसबीच रहेको निकट सम्बन्धलाई पनि कमजोर बनाउन लागेको आरोप उनले लगाएका छन्।
रुसले यसअघि पनि क्वाड सदस्य राष्ट्र- अमेरिका, जापान, अष्ट्रेलिया र भारतको आलोचना गरिसकेको छ।
रुसी विदेशमन्त्रीको टिप्पणीप्रति भारतको विदेश मन्त्रालयले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन।
" /> काठमाडौं। रुसका विदेशमन्त्री सर्गेई लाभरोभले भारतको बारेमा कडा प्रतिक्रिया दिएका छन्। उनले रुसी इन्टरनेसनल अफेयर्स काउन्सिलको मंगलबारको बैठकमा भारतको कडा आलोचना गरेका हुन्।उनको भाषण हिजो प्रकाशित गरिएको थियो, जसलाई भारतीय मिडियाले उच्च प्राथमिकताका साथ प्रकाशित गरेका छन्।

">