पाँचथर मोटरसाइकल दूर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
काठमाडौं । मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर-१, दुबीचौरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएकी छिन्।
मृत्य हुनेमा अन्दाजी २४ वर्षीय चालक प्रवीन कालिकोटे रहेका छन्।
मोटरसाइकलमा पछाडि सवार अन्दाजी २० वर्षीया मुना पाख्रीन गम्भीर घाइते भएकी छिन्।
उनलाई थप उपचारको लागि झापाको बिर्ता सिटी अस्पताल रेफर गरिएको पठाइएको तथा प्रहरी निरीक्षक डम्बर विश्वकर्माले बताए।
गएराति कालिकोटेले चलाएको मे.४ प. ८९४ नम्बरको मोटरसाइकल बढि गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हो।
प्रतिक्रिया दिनुहोस्